• Home
  • News
  • Events
  • Visa Services
    • SOP Writing
    • Documentation
    • Consultancy
    • Contact Your Counselor
    • Exciting Offers
    • IELTS/ Other Test Preparations
  • Australia
  • UK
  • USA
  • Canada
  • Japan
  • Korea
  • Europe & Others
    • India
    • China
    • Bangladesh
    • Norway
    • Sweden
    • France
    • UAE
    • Ireland
    • Netherlands
    • Belgium
    • Italy
    • Denmark
    • Philippines
    • Germany
    • Finland
  • Scholarship
  • Foreign Employment
  • Blog
  • Home
  • News
  • Events
  • Visa Services
    • SOP Writing
    • Documentation
    • Consultancy
    • Contact Your Counselor
    • Exciting Offers
    • IELTS/ Other Test Preparations
  • Australia
  • UK
  • USA
  • Canada
  • Japan
  • Korea
  • Europe & Others
    • India
    • China
    • Bangladesh
    • Norway
    • Sweden
    • France
    • UAE
    • Ireland
    • Netherlands
    • Belgium
    • Italy
    • Denmark
    • Philippines
    • Germany
    • Finland
  • Scholarship
  • Foreign Employment
  • Blog

इक्यानको अध्यक्ष पदका लागि लक्ष्मण पौडेलले प्रस्तुत गरे बलियो दाबी, यस्तो छ उनको प्यानल

abroadkhabar.com
January 07, 2026

काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी २०औं साधारणसभा तथा निर्वाचनमा वर्तमान प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयु) ले अध्यक्ष पदका लागि आफ्नो सशक्त दाबी प्रस्तुत गरेका छन्। पुस २८ गते हुने साधारणसभा लक्षित गर्दै उनले पुस २२ गते मंगलबार उम्मेदवारी दर्ता गराएका हुन्।

ग्रेस इन्टरनेशनल अर्गनाइजेसनका सञ्चालक पौडेल करिब दुई दशकदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय छन्। काठमाडौंसहित देशका प्रमुख सहरहरूमा शाखा विस्तार गर्दै हजारौं विद्यार्थीलाई परामर्श सेवा उपलब्ध गराउँदै आएका उनले टिमवर्क र अनुभवी नेतृत्वका कारण व्यवसायीहरूबीच छुट्टै पहिचान बनाएका छन्।

उम्मेदवारी दर्तापछि उनले इक्यानको प्रतिष्ठा बढाउने र परामर्श व्यवसायीहरूलाई आफ्नै पेसाप्रति गर्व महसूस हुने वातावरण बनाउन चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए। सामूहिक प्रयास र टिमवर्कको माध्यमबाट इक्यानलाई अझ बलियो छाता संगठनका रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको उनले उल्लेख गरे।

शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित र मर्यादित पेशाका रूपमा संस्थागत गर्ने, संस्थाभित्र पारदर्शिता र जवाफदेहिता मजबुत बनाउने तथा कर प्रणालीमार्फत राज्यसँग समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता उनले व्यक्त गरे। ‘शैक्षिक परामर्श व्यवसायी हुनु गर्वको विषय हो भन्ने भावनालाई संस्थागत गर्नु मेरो प्रमुख उद्देश्य हो,’ उनले भने।

आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने यस २०औं साधारणसभामा पौडेलले प्रस्तुत गरेको प्यानल यस्तो छः

प्यानल
अध्यक्ष : लक्ष्मण (एन्ड्रयु) पौडेल
उपाध्यक्ष : गीता शिवाकोटी (गीताञ्जली), वासु देव दाहाल, पुष्पराज भट्टराई (डाक्टर)
महासचिव : नवराज के.सी.
सचिव : एल.बी. तामाङ (गोले), भूपाल के.सी.
कोषाध्यक्ष : साधना पुडासैनी
सह-कोषाध्यक्ष : भीमबहादुर थापा
सदस्य : दिनेश पौडेल, भेषराज राय (भीष्म), प्रभात पौडेल, शिव प्रसाद अर्याल

Feedback

Our Team

Chief Editor: Mandira Timsina

Director: CA Shree Hari Aacharya

Contact Us

Location: Putalisadak, Kathmandu

Email: info@abroadkhabar.com

Phone: 9703723210 / 9863610637

© 2025 abroadkhabar.com सर्वाधिकार सुरक्षित
About Us Contact Us
Powered by: PPSG TECH Private Limited.